घरमै बसेर कसरी गर्ने केमिलरहित हर्बल फेशियल ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०८०, सोमबार ०६:२५

गर्मी महिना सुरु भईसकेको छ । गर्मी महिना सुरु भएसँगै हाम्रो छालामा धेरै किसिमका समस्याहरु देखिन्छन् । गर्मी महिनामा विशेषगरि छालाको बढी केयर गर्नुपर्छ । घरमै बसेर केमिलरहित हर्वल फेशियल गर्न सकिन्छ । यसका विधिहरु यस प्रकार छन्:

–हर्बल फेशियल
हर्वल फेशियल सुरु गर्नु भन्दा पहिला अनुहारलाई राम्ररी धुनुहोस । यसको लागि १ चम्चा आटामा दहि मिसाएर पेस्ट बनाएर अनुहारमा र गर्दनमा राम्रोसँग लगाउनुपर्छ । त्यसपछि मुख धोएर सफा कपडाले मुख पुछ्नुहोस ।

–अनुहारको मालिस
क्लिजिङ गरिसकेपछि अनुहारको मालिस गर्नुहोस । मालिसको लागि बदामको तेल र मलाई मिसाउनुपर्छ । उक्त पेष्ट अनुहारको सबै भाग नाक, गाला, घाँटी सबैतिर लगाएर मालिस गर्नुहोस । मालिस गर्दा भने बिस्तारै नरम हातले गर्नुपर्छ । यसो गर्दा रक्तसंचार बढ्छ र मानिस तनावबाट मुक्त हुन्छन् ।

–हर्वल स्टीम
अनुहारको मालिस गरिसकेपछि एक भाडो तातो पानी उमाल्नुहोस र तातोपानीमा थोरै निमको पात हाल्नुहोस । त्यसपछि एउटा कपडाले तपाईको टाउको ढाकेर ५–७ मिनेट सम्म स्टिम लिनुहोस ।

–अब ब्ल्याकहेड रिमुभरले तपाईको अनुहारमा भएको ब्ल्याकहेड निकाल्नु होस ।

–अब सफा कपडाले अनुहार पुछेर तपाईको छाला अनुसारको फेसप्याक लगाउनुहोस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१