नेपाल मेडिकल कलेजमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०८०, सोमबार ०६:०८

काठमाडौँ । नेपाल मेडिकल कलेजमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपाल मेडिकल कलेज , छहारी युवा क्लव र सिद्धिदात्री महिला समूह द्वारा संयुक्त आयोजनामा नेपाल मेडिकल प्रांगणमा बिहान ९ बजे देखि १ बजे सम्म भएको उक्त रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको आयोजकले जानकारी गराए ।

रगत आभाबको कारण कसैले पनि गम्भिर समस्या भोग्न नपरोस र रक्त संचार केन्द्रमा रगतको अभाब नहोस भन्ने उदेश्य सहित आयोजित उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे , गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल लगायतले सहभागिताको प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१