काभा महिला भलिबलको उपाधि भारतलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०८०, सोमबार ०५:४९

काठमाडौं । भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो । भारतले काजाकस्तानलाई पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–१८ ले विजयी भयो ।
उक्त प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रह्यो । आजै भएको तेस्रो स्थानको भीडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी भएको हो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौ स्थानमा रह्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१