किवानिस क्लब अफ युनिक नेपालकाे २०२३/ २४ अध्यक्षमा भवानी प्रसाद पाैडेल,११ सदस्यीय पदाधिकारी चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०८०, शुक्रबार ०७:५०

काठमाण्डौ । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब KIWANIS CLUB OF UNIQUE NEPAL ले  २०२३ र २४ को नेत्रित्व चयन गरेको छ । KIWANIS CLUB OF UNIQUE NEPAL  को पधादिकारी तथा सदस्यहरुको उपस्थितिमा  किवानिस क्लब अफ युनिक नेपालको ११ सदस्यीय पदाधिकारी चयन भएको  हो  । क्लबमा चार्टड प्रेसिडेन्ट मुकुन्द ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा २०२३ र २४ अध्यक्षमा भवानी प्रसाद पाैडेल ,प्रेसिडेन्ट इलेक्टमा दिपक अधिकारी ,भाइस प्रेसिडेन्टमा मंजु महर्जन ,सचिबमा हेमा गुरुङ ,कोषाध्यक्षमा प्रमिला न्यौपाने ,सह सचिबमा सुशिला कुमारी शर्मा ,सह कोषाध्यक्षमा सिता कुमारी शर्मा , मेम्बरसिप चेयरमा मंजिला सुबेदी ,मार्केटिङ चेयरमा सोनाम ग्याल्छे घले र KCF Representative मा श्रीहरि खनाल सहित ११ सदस्यीय नेतृत्व चयन गरेको छ  । क्लवका चार्टड प्रेसिडेन्ट मुकुन्द  ढुंगानाले  कार्यक्रममा बोल्दै क्लवले आगामी दिनमा विषेश गरेर बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गर्ने धेरै सस्थाहरु  रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजाने बताउनुभयो । ‘किवानिज क्लव अफ युनिकले आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्ने गर्छ । यो काम गर्नको लागि क्लवले तत्काल तथा दिर्घकालिन योजना बनाएर अगाडि बढ्ने  छ । बालबालिका लाई शारिरीक,बौदिक,सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने छ । ढुंगानाले  क्लवले विशेष गरेर शिक्षा, स्वास्थ्य,खेलकुद,वातावरणको क्षेत्रमा निरन्तर काम गर्ने छ। यस अगाडि व्यक्तिगत रुपमा गर्दै आएका सामाजिक कामहरु अब किवानिज क्लव अफ युनिक नेपाल मार्फत गर्ने छौं ।

किवानिस क्लब अफ युनिक  नेपालले सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने चार्टड प्रेसिडेन्ट  मुकुन्द ढुंगानाले प्रतिवद्धता गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१