पाण्डबखानी आधारभूत विद्यालयमा अक्षकाेष स्थापना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०८०, शुक्रबार ०६:५३

सुरेश छन्त्याल/गलकाेट।  गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी आधारभूत विद्यालयमा अक्षकाेष स्थापना भएको छ। पाण्डबखानी उपल्लो फुर्सेमा जन्मनु भइ हाल अमिरिकामा कार्यरत दुर्गाबहादुर घर्ती मगरले आफ्नाे स्व. बाबा प्रेमबहादुर घर्ती र स्व. छाेरा पुरन घर्ती मगरकाे स्मृतिमा रु. दुई लाखकाे अक्षयकाेष सहित शैक्षिक सामाग्री र खेलकुदका सामाग्रीहरु साइला बाबा इन्द्रबहादुर काउचाले विद्यालय व्यवस्थापन समिति र प्राचार्यलाइ हस्तान्तरण गर्नु भएको थियाे। उक्त अक्षयकाेषले गरिब , जेहेन्दार बिद्यार्थीहरूकाे भबष्य निर्माणामा ठूलाे महत्त्व हुने र यस्ता सहयाेगी हातबाट नै बिद्यालय नमूना बन्ने समाजसेवी छम बहादुर काउचाले बताउनु  भयाे । बिद्यालय ब्यबस्थापन समितीकाे अध्यक्ष थममाया पुन काउचाकाे अध्यक्षतामा शुरू भएकाे कार्यक्रमकाे सञ्चालन प्रधानध्यापक देउमाया श्रीस काउचाले  गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१