अध्यक्ष ढकाल र युएनकी आवासीय संयोजक सिंगरबीच भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०८०, शुक्रबार ०६:१७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक हाना सिंगरबीच भेटवार्ता भएको छ । आज (बिहीबार) महासंघको सचिवालयमाभएको भेटवार्तामा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरुबीच सहकार्य बढाउन आग्रह गरेका छन् ।

यस्तै, आर्थिक संकट समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने लगायतका विषयमा विकास साझेदारहरूसँग सहकार्य गर्न महासंघ तयार रहेको ढकालको भनाई छ ।

महासंघले सो भेटवार्तामा साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको स्पष्ट पारेको छ ।

मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने अध्यक्ष ढकालले बताए ।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका तर्फबाट आएको सुझावलाई आफूले महत्वका साथ लिएको बताईन् । दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको उनको भनाइ थियो ।

लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको धारणा थियो । उनले स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट संघले सहकार्य गर्न सक्ने बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१