प्रधानमन्त्री दाहालको भारत भ्रमणको गृहकार्य तिव्र, विदेशमन्त्री जयशंकरसँग राजदूत शर्माको भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०८०, शुक्रबार ०६:१५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको यही जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणको तयारी तिव्र पारिएको छ । प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । दाहालले यसअघि नै भ्रमणको चाहना राखेका थिए । तर, भारतले उपयुक्त समयमा निम्तो दिने भन्दै पन्छाएपछि भ्रमणको मिति जुरेको थिएन ।

अहिले संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । यही जेठ १५ गते बजेट पेश हुँदैछ । सोलगत्तै प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जान लागेका हुन् । परराष्ट्रमन्त्री एनपी साउदले भ्रमणको गृहकार्य एक साता पहिलेदेखि नै थालिसकेका छन् ।

उता, भारतका लागि नेपाली राजदुत डा. शंकर शर्माले पनि प्रधानमन्त्री दाहालको भ्रमणको तयारी थालेका छन् । उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । जयशंकरले राजदुत शर्मासँगको भेटबारे जानकारी दिँदै नेपाल–भारतबीचको गहिरो र बहुआयामिक सम्बन्धबारे छलफल गरेको र आगामी दिनमा सम्बन्धलाई थप मजबुद बनाउनेबारे छलफल गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०