युवा संघको टोलीलाई गृहमन्त्री श्रेष्ठको जवाफः ‘बयानकै भरमा पक्राउ गर्न मिल्दैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०८०, शुक्रबार ०६:११

काठमाडौं । नेकपा (एमाले) का भातृ संगठन युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकार्षण गराएको छ ।

युवा संघको टोलीले आज (बिहीबार) मन्त्राल पुगेर उक्त प्रकरणमा कोही दोषी नउम्किउन र कोही निर्दोष नफसुन् भन्दै गृहमन्त्रीको ध्यानाकार्षण गराएको हो ।

गृहमन्त्री श्रेष्ठले युवा संघको टोलीलाई नक्कली भुटानी शरणार्थी प्रकरण वयानको आधारमात्रै नभई प्रमाण र तथ्यका आधारमा प्रहरीले अगाडि बढाइरहेको बताएका छन् । उनले समृद्धिको यात्राका लागि पहिलो शर्त भ्रष्टाचार निवारण भएको बताएका छन् । सरकारले भ्रष्टाचार निवारणमा सक्रिय भएर आम जनताले भोग गर्ने खाल्को समृद्धिको यात्रा तय गर्न लागेको गृहमन्त्री श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०