गोकर्णेश्वर नगरपालिका वडा नं ३ र ४ को संगम टोल नेवा: खललाइ बाजा प्रदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०८०, बिहीबार ०७:२०

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले मौलिक सांस्कृतिक ढिमे बाजा प्रदान गरेको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ र ४ को सिमानामा रहेको संगम टोल नेवा: खल संस्थालाई एक कार्यक्रमका बीच मंगलबार नगर प्रमुख दिपक कुमार रिसालले मौलिक सांस्कृतिक ढिमे बाजा हस्तान्तरण गरेका हुन् ।संगम टोल नेवा खल समुहका अध्यक्ष सत्यनारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुईकेलको संगम टोल नेवा: खल संस्थाका उपाध्यक्ष दुर्गा श्रेष्ठ,सचिव रोमियो श्रेष्ठ,कोषाध्यक्ष देवराज श्रेष्ठ लगायत स्थानीयको उपस्थितिमा ढिमे बाजा ३ वटा ,बाँसुरी ८ वटा,भोअक्ष १ सेट बितरण गरिएको थियो ।

 

बाजा हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष मुरारी प्रसाद कुईकेलले बोल्दै बहु धार्मिक बहुसांस्कृतिक समुदाय भित्र बसोबास गर्दै आएका हामी हरेक जातजातिका मौलिक परम्पराले धनी रहेको र योनै राज्यको अमूल्य सम्पत्ति भएको बताए । उनले संस्कार संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको समेत बताएका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख दिपक रिसालले आफ्नो भाषा,धर्म संस्कार संस्कृति कुनै समुदायको मात्र नभई त्यो राष्ट्रकै अमूल्य गहना भएको हुँदा त्यसलाई संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्नु सबैको कर्तव्य भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०