लघुवित्तका ऋणीलाई राष्ट्र बैंकको उपहार: ५% ब्याज तिरेर ऋणको भाखा सार्न पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०८०, बिहीबार ०७:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई पनि सहुलियत दिएको छ । राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशन संसोधन गर्दै लघुवित्त कम्पनीका ऋणीहरुले तिर्न बाँकी ब्याजको न्युनतम ५ प्रतिशत ब्याज रकम तिरेर आफ्नो ऋणको पुनरतालिकीकरण र पुनरसंरचना गर्न पाउने व्यवस्था गरिदिएको हो ।

लघुवित्त कम्पनीका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई मध्यनजर गर्दै राष्ट्र बैंकदे आवश्यक र औचित्यका आधारमा एक पटकको लागि कर्जा पुनरतालिकीकरण अथवा पुरसंरचना गर्न सक्ने व्यवस्था गरिदिएको हो । कम्पनीले आफ्ना ऋणीहरुको त्यस्तो कर्जा आगामी असार मसान्त भित्रै पुरतालिकीकरण र पुनरसंरचना गरिसक्नुपर्नेछ ।

त्यस्तो सुबिधा भने २०७९ चैत्र मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएका ऋणीहरुले मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुनरतालिकीकरण र वा पुनरसंरचना गर्न पाउनेछन् । पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने पनि एकीकृत निर्देशनमा उल्लेख छ ।

त्यस्तै, कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक कर्जाको फाइलमा संलग्न गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन भने नपाइने राष्ट्र बैंकले जनाएको छ ।

यद्यपि, उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् आम्दानीका रुपमा देखाउन सकिनेछ ।

पुनरतालिकीकरण वा पुनरसंरचना गरेवापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क र हर्जाना लिन नपाइने, किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ ।

पुनरतालिकीकरण ररवा पुनरसंरचना पश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न पाइने छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१