ढोरपाटनका मेयर नेपाली एमालेबाट निलम्बित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०८०, बिहीबार ०७:०४

पोखरा/नेकपा एमालेले फरार बालगुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ । नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए ।

घटनाको निरुपण नहुँदासम्मका लागि प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

बचतकर्ताले प्रशासनमा उजुरी दिएको, अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको र छानबिन अगाडि बढाएकाले छानबिन गर्न निलम्बन गरिएको दवाडीको भनाइ छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली उपमेयर धनबहादुर कायतलाई कार्यबाहकको पत्र थमाएर सम्पर्कविहीन भएका थिए । उनलाई अध्यागमन विभागले समेत विदेश यात्रामा रोक लगाइसकेको छ । गत निर्वाचनमा नेपाली नेकपा एमालेबाट दोस्रो पटक ढोरपाटनको मेयर निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१