खाली पेट केरा खानु स्वास्थ्यका लागि हानिकारक !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०८०, बिहीबार ०६:५१

बिहानको समयमा खाने पहिलो खानाले दिनभरि मात्र नभएर सम्पूर्ण स्वास्थ्यमा असर गर्ने गर्छ।

धेरैजसो मानिस बिहानको नास्तामा केराको सेवन गर्ने गर्छन्। फिट रहनका लागि होस् वा अल्छी लागेका कारण अन्य नास्ता पकाउन मन नलागेका बेलामा केराको सेवन गरिन्छ।

केरा फाइबर, पोटासियम, म्याग्नेसियमलगायत पोषक तत्वले भरिएको हुन्छ। जसले मांसपेशीलाई बलियो र प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनका लागि मद्दत गर्छ।

यसबाहेक केरामा आइरन, भिटामिन बी, भिटामिन बी ६ पनि हुन्छ। तर, खाली पेटमा केरा खानु स्वास्थ्यका लागि उचित नहुन सक्छ।

केराको स्वादले रगतमा चिनीको मात्रालाई बढाएर तत्काल शरीरलाई प्रशस्त उर्जा प्रदान गर्छ। जसकारण मधुमेहको समस्या भएका मानिसले केराको सेवन गर्न नहुने वा गर्दा ध्यान पुर्‍याउनुपर्छ।

साथै, ऊर्जा केही समयमा कम हुन सक्ने हुँदा केरा खाएको केही समयपछि शरीर थप थकित भएको महसुस हुनसक्छ। विशेषज्ञहरूका अनुसार खाली पेटमा उच्च म्याग्नेसियमको मात्रा भएको खाना खानेले मेटाबोलिजमलाई असर गर्न सक्छ र पाचन प्रणालीमा असन्तुलन सिर्जना गर्छ।

यसले पेटसम्बन्धी विभिन्न समस्या निम्त्याउनुका साथै हृदयमा नकारात्मक प्रभाव पर्ने हुँदा खाली पेटमा केरा स्वास्थ्यका लागि खराब हुन सक्छ।

केराबाट स्वास्थ्य लाभ प्राप्त गर्नका लागि यसलाई ओट्स, स्याउ, ड्राइ फ्रुट्स र अन्नका साथ सेवन गर्नुपर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०