ओलीका स्वकीय सचिव हुन् कि मेरा, प्रहरीले बोलायो भने बयान दिनुपर्छ : एमाले सचिव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०८०, बिहीबार ०६:२७

काठमाडौं। नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित जसलाई प्रहरीले बोलायो त्यसले बयान दिनुपर्न बताएका छन्।

बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले शरणार्थी प्रकरणमा आरोपित जसलाई प्रहरीले बोलायो त्यसले गएर बयान दिनुपर्न बताएका हुन्।

हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले प्रस्ताव पास गरेर के भनेको छ भने हाम्रै पार्टीका पनि जोसुकै नेता परुन्, त्यसमा हामी छानबिनका लागि सहयोग गर्न तयार छौं भनेर भनेको उनले बताउँदै उनले भने, ‘हाम्रो पार्टीसँग जोडिएका हुन्, हाम्रो पार्टीका नेताहरूसँग जोडिएका हुन्। जोसुकै भए पनि यदि प्रहरीले उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकाल्यो भने उनीहरूले गएर प्रहरीलाई छानबिनका लागि सहयोग गर्नुपर्छ। यदि मेरो नाम कसैले लिएका छन् र, त्यसमा मेरो संलग्नता छ कसैले भन्यो भने मलाई प्रहरीले बोलाउनु पर्दैन। म आफैं प्रहरीकोमा बयान दिन जान्छु।’

‘अध्यक्षका स्वकीय सचिव हुन् कि मेरो स्वकीय सचिव हुन् कि म नै भए पनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ। तपाईंको नाम आएको छ, के गरौं? भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु। किनभने म नागरिक हो। नागरिकचाहिँ कानुनभन्दा माथि कोही पनि हुँदैन,’ उनले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१