नक्कली शरणार्थी प्रकरणः यी ‘भिआईपी’ हरु जुनबेला पनि पक्राउ पर्नसक्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०८०, मंगलवार ०७:१५

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले आज (सोमबार) ३२ जनालाई अभियुक्त बनाएर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । जसमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, नेपाल .सरकारका सचिवसमेत छन् ।

अहिले प्रहरीको हिरासतमा १६ जना रहेका छन् भने अन्य १६ जना अभियुक्त फरार छन् । उनीहरुलाई ठगी, राज्यविरुद्धको कसुर, संगठित अपराध लगायतका कसुरमा मुद्दा चलाउन प्रहरीले सिफासिर गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, हज समितिका अध्यक्ष शमशेर मिँया लगायतका हाईप्रोफाईलहरु पक्राउ परेपनि उक्त प्रकरणमा नाम जोडिएका आरजु राणा देउवा, मञ्जु खाँण लगायत पक्राउ नपरेको भनी प्रहरी र सरकारमा चर्को जनदवाब छ ।

यी हुन् पक्राउ परेका १६ जना अभियुक्तहरुः

१. पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

२. पूर्वगृहमन्त्री बालकृष्ण खाँण

३. नेपाल सरकारका सचिव टेकनारायण पाण्डे

४. भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

५. पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई

६. हज समितिका अध्यक्ष शमशेर मियाँ

७. पूर्वसभासद् एवं नेपाली कांग्रेसका नेता आङटावा शेर्पा

८. नरेन्द्र केसी

९.सन्दीप रायमाझी

१०.केशव दुलाल

११. सानु भण्डारी

१२. सन्देश शर्मा

१३. सागर राई

१४. टंक गुरुङ

१५.गोविन्द चौधरी

१६. रामशरण केसी

यी हुन् फरार अभियुक्तहरुः

१. पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा

२. केशव तुलाधर

३. हरिभक्त महर्जन

४. लक्ष्मी महर्जन

५. अशोक पोखरेल

६. धीरेन राई

७. निरज राई

८. दीपा हुमागाईँ

९. राजेश अर्याल

१०. मोहनराज राई

११. आशिष बुढाथोकी

१२. विनिता लिम्बू

१३. निरञ्जनकुमार खरेल

१४. सुनिल बुढाथोकी

१५. गोकुल थापा

१६. रमा थापा

यी हुन् प्रहरीले उच्च निगरानीमा राखेका व्यक्तिहरुः

१. आरजु देउवा

२. मञ्जु खाण

३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई

४. नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’

५. एमालेका अध्यक्ष केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्य

यी पाँच जनाको नाम नक्कली भुटानी शरणार्थी प्रकरणको गिरोहमा जोडिएर बाहिर आएपनि उनीहरुलाई पक्राउ गर्न प्रहरीले कुनै प्रमाण फेला पारेको छैन । उनीहरु संलग्न रहेको पुष्टि हुने प्रमाण फेला परेको खण्डमा उनीहरु जतिबेला पनि पक्राउ पर्नसक्ने प्रहरी अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१