डिल्मा रुसेफ ब्राजिलको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि पुन: निर्वाचित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७१, सोमबार १०:४७
डिल्मा रुसेफले ब्राजिलको राष्ट्रपतिमा पुन: निर्वाचित भएकी छन्। रुसेफले अरु वर्षभन्‍दा ५१ प्रतिशत मत ल्‍याएर दोस्रो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा पुन: निर्वाचित भएकी विजयी भएको बीबीसीले जनाएको छ। राष्ट्रपति डिल्माका प्रतिद्‍वन्‍द्वी प्रतिद्वन्‍द्वी एइसिओ नेभेसले मात्र ४८ प्रतिशत मत ल्‍याएका छन्।
यसअघि पहिलो चरणमा रुसेफले  ४२ प्रतिशत, उनका प्रतिद्वन्‍द्वी एइसिओ नेभेसले ३४ प्रतिशत र सोसलिस्‍ट पार्टीका मारिना सिल्‍‍भाले २१ प्रतिशत मत ल्‍याएर प्रतिस्पर्धामा उत्रिएका थिए। तर दोस्रो चरणको निर्वाचनमा डिल्‍माले  आफ्‍ना प्रतिद्वन्‍द्वीलाई पन्‍छाउदै राष्ट्रपतिमा बाजी  मारेकी हुन।
 विजयी भएलगत्तै राष्ट्रपति डिल्माले आफू अहिलेको भन्दा पनि उत्कृष्‍ट राष्ट्राध्‍यक्ष बन्‍न चाहेको प्रतिक्रिया दिएकी छटन्। उनले  भनेकी छन्, ‘ म अहिलेको राष्ट्रपतिमा विजय भएको भन्‍दा अझै उत्कृष्‍ट राष्ट्रपतिमा विजय हुन चाहन्‍छु। ‘ गत वर्ष उनले ब्राजिलमा भएको भ्रष्टाचार, ब्राजिलमा भएको विश्‍वकपको रेकर्ड र कमजोर सेवामा समस्‍याको सामना गरेकी थिइन।
राष्ट्रपति डिल्मा सन २०१० देखि ब्राजिलको राष्ट्रपति पदमा रहेर आफ्‍नो महत्‍वपूर्ण जिम्‍मेवारी सम्‍हाल्दै आएकी छिन्।

– See more at: http://annapurnapost.com/News.aspx/story/1415#sthash.ARZTjXXc.nA5EU6Sk.dpuf

प्रतिक्रिया