बुढानिलकण्ठको रोजगार मेलामा १० हजार बढीकाे अवलोकन,२१ जनालाई प्रत्यक्ष रोजगार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०८०, सोमबार ०७:०६

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेको वृति परामर्श तथा रोजगार मेला भव्य बनेको छ। बुढानिलकण्ठ नगरपालिका परिसरमा आयोजना गरिएको मेलामा १० हजार भन्दा बढी नगरवासीले अवलोकन गरेका छन भने २१ जनाले प्रत्यक्ष रुपमा रोजगार प्राप्त गरेका छन।

बुढानिलकण्ठ नगरपालिकाका ४९ वटा रोजगारदाता संस्थाहरुको स्टल रहेको उक्त मेलामा विभिन्न पदमा २१ जनाले अन्तर्वार्ता पस्चात रोजगार प्राप्त गरेका छन भने करिव ७ हजार जनाले वृति परामर्श प्राप्त गरेका छन।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा वसोवास गर्ने ७ जना विसिस्ट व्यक्तित्वहरुले “गरिखानेको कथा ” मा आफ्नो उपलव्धि र अनुभवको वारेमा अनुभव आदान प्रदान गरेको मेलामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले पनि विविध परामर्श प्राप्त गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन शत्रमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको समापानको प्रमुख अतिथि उपप्रमुख अनिता लामा रहेकी थिइन।

उनले जेठ ६ र ७ गते दुई दिन सञ्चालन भएको मेला उदघाटन र समापन समारोहको अध्यक्षता नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनीले गरेकी थिइन् भने संचालन नगर प्रवक्ता नवराज भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१