सन्दीपविरुद्धको मुद्दामा नाबालिगको सक्कल जन्मदर्ता पेस गर्न आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०८०, सोमबार ०६:५४

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको जबरजस्ती करणी सम्बन्धिको मुद्दामा आजपनि पूर्ण सुनुवाइ हुन सकेन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासमा परेको रिटमा पराजुलीले प्रतिवादी गौशला-२६ को सक्कल जन्मदर्ता माग गर्दै अदालतमा पेश गर्न खादेश दिएका छन्।

यस्तै, गौशला-२६ को जन्मभएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएको आदेशमा उल्लेख छ। इजलासले फेरि अर्को पत्र ल्याउन भनेको छ।

पटक-पटक पेशीमा परेर पूर्ण सुनुवाइ अहिलेसम्म हुन सकेको छैन।

लामिछानेविरुद्ध गत वर्ष भाद्र २१ गते गौशला-२६ नामक एक नाबालिग किशोरीले बलात्कारको मुद्दा दायर गरेकी थिईन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१