तामाङ चलचित्र तथा म्युजिक भिडियोको प्रमोशन गर्न योगदान पुर्याएकोले सारा खवर डटकमका मिलन लामा दोङ सम्मानित

evccfn@gmail.com' rastriyakhabar
७ जेष्ठ २०८०, आईतवार २०:४६

काठमाडौं । तामाङ चलचित्र तथा म्युजिक भिडियोको प्रमोशन गर्न योगदान पुर्याएको भन्दै जिम्बा फिल्म प्रोडक्सनले सारा खवर डटकमका मिलन लामा दोङलाई सम्मान गरेको छ ।
एक पछि अर्को गर्दै निरन्तर रुपमा तामाङ भाषाको चलचचित्रहरु निर्माण गर्दै आएको जिम्बा फिल्मस् प्रोडक्सनको १२ औं प्रस्तुती तामाङ भाषाकै चलचित्र नाना आङाको शनिबार टिजर सार्वजनिक कार्यक्रममा संचारकर्मी दोङ लाई सम्मान गरिएको हो ।
शनिबार काठमाडौंको चाबहिल स्थित नेपाल चलचित्र विकास बोर्डमा उक्त चलचित्रको टिजर सार्वजनिक गरिनुका साथै चलचित्र भित्र समाबेश गरिएका तिन वटा गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो ।
जिम्बा फिल्मस् प्रोडक्सनले आयोजना गरिएको उक्त कार्यक्रममा तामाङ भाषाको चलचित्र तिङ्ला नाङ्सालको समेत विशेष प्रदर्शन गरिएको थियो । शनिबार विशेष प्रदर्शन सम्पन्न भएको तिङ्ला नाङ्साल यो समेत गर्दा उपत्यका भित्र र बाहिर गरि २२ औं पटक प्रदर्शन गर्न सफल भएको निर्देशकद्धय निमा लामा तामाङले बताए ।
शनिबार नेपाल गलैंचा उत्पादन तथा निकासी उद्योग नेपालका अध्यक्ष एवम नेपाली कांग्रेसका केन्द्रिय सदस्य निमा जाङ्बु शेर्पा को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष एवम् चर्चित गायक तथा संगीतकार विशाल काल्तान, तामाङ चलचित्र संघ नेपालका उपाध्यक्ष एवम् निर्देशक दिपक लामा, तामाङ चलचित्रका महानायक अमिर दोङ रहेका थिए भने अतिथिहरुमा सर्लाही बाग्मती नगरपालिका वडा नं।४ का वडाध्यक्ष कृष्ण लामा, तामाङ पत्रकार संघका संघीय सदस्य मिलन कुमार लामा, हांस्यकलाकार कुईसाङ रुम्बा, गायीका जितु लोप्चान, मोडल÷निर्देशक एवम् कोरीयोग्राफर अभि लामा, नायीका एवम् मोडल अनिता गोले लगायत अन्य थुप्रै कलाकारहरुका साथै व्यवसायी, राजनितिक व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।
चलचित्र नाना आङाको निर्माता पेमा लामा योञ्जन र सह निर्मातामा मिन कुमार वाईबा रहेका छन् भने निर्देशन निमा लामा तामाङकै रहेको छ । नायकमा जय स्याङ्तान, सिताराम गोले रहेका छन् भने नायीकाहरुमा कल्पना वाईबा, करिसा वाईबा रहेका छन् ।
कलाकारहरुमा माया घलान, सुनलाल वाईबा, राजन कुमार स्याङ्तान्, पेमा लामा योञ्जन, सुदिप कोब्रा, गोङ्बा च्याङ्बा, पुजा लामा, सुनिल लोप्चन, जगत मोक्तान, सानु गोले, निर्मला पाख्रिन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
शनिबार समेत गरि २२ औं पटक सम्म प्रदर्शन गर्न सफल चलचित्र ‘तिङ्ला नाङ्साल’को निर्माता संजु बोम्जन र मिन कुमार वाइबा रहेका छन् भने निर्देशन निमा लामा तामाङको रहेको छ । उक्त चलचित्रमा नायक कृष्ण लामा, सुशन वाईबा, नायीकाहरुमा अनिता बोम्जन, कृश्मा वाईबा, अबिना गोले रहेका छन् ।
कलाकारहरुमा बिनिता थिङ, सोनु रुम्बा, सुनलाल वाईबा, कान्छामान वाईबा लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । चलचित्र तिङ्ला नाङ्साल हेरेर बाहिर निस्किदा अधिकांश दर्शकहरुको आँखा रसाएको देखिएका थिए । हामीले दर्शकहरु सामु लिएको प्रतिकृयामा चलचित्र तिङ्ला नाङ्सालमा रुने हाँस्ने दुवै पक्ष बलियो रहेको बताएका थिए ।
चलचित्रमा हाँस्य कलाकारको भुमिकामा रहेका भुन्टे÷सुनलाल वाईबाले चलचित्रभरि उनको अनुहार देखिन्जेल सम्म हँसाएका र अर्का नायिकाको क्यारेक्टर नाङ्सालले चलचित्रको अन्तसम्म रुवाएको दुश्यले हल भरिएका दर्शकको आँखामा आँशु थाम्ने कुरै थिएन ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०