नेपाल तान डोरी संघको दोश्रो राष्ट्रिय अधिबेशन सम्पन्न,अध्यक्षमा भवानी पौडेल निर्विरोध चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०८०, आईतवार ०७:०२

काठमाडौँ । नेपाल तान डोरी संघको दोश्रो राष्ट्रिय अधिबेशनले भवानी प्रसाद पौडेलको अध्यक्षतामा केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा राजकुमार आचार्य,  सूर्यबहादुर भट्टराई ,डा. सुभाषश्री पोखरेल, भुवनलाल श्रेष्ठ,शैलेज नेपाल , महासचिवमा बिमल पौडेल , सचिवमा मिनराज बेलबासे र  कोषाध्यक्षमा शिवभक्त सैंजु रहेका छन् ।

सदस्यहरुमा निश्चल राज शाक्य आनन्दकुमार यादब ,भुवनचक्र जोशी ,मनोरथ कुमार शाह ,केशव वलि ,भुवनेश्वर पन्त कडरिया ,नवराज खरेल र त्रिसना हमाल कार्यसमिति  सदस्यमा चयन भएका छन्  ।

नेपाल तान डोरी संघको दोश्रो राष्ट्रिय अधिबेशनको कार्यसमिति बैठकले केहिलाई कार्यसमिति सदस्यमा मनोनित गर्न अध्यक्षलाई जिम्मा दिएको  छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिंगको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१