यस्तो छ ओखर खानुका फाइदाहरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०८०, आईतवार ०६:५२

काठमाडौं । ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ । यसमा अधिक मात्रामा पोषक तत्व पाइन्छ । त्यसो त ओखरको तेल छाला र केसलाई मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ ।

के पाइन्छ ओखरमा ?

ओखरमा सोडियम कम र कालोस्टर पनि पटक्कै हुँदैन । यसमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बि-६, बि-१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।

– प्रोटिन- यसले मांशपेशी बढाउन सहयोग गर्छ । एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ ।

– भिटामिन डि यसले क्याल्सियम ग्रहण गर्न सहयोग गर्छ । हड्डीका लागि क्याल्सियम एकदमै जरुरी हुन्छ ।

– फोलेट वा फालिक एसिड यसले मस्तिष्कलाई स्वस्थ्य राख्छ ।

– ओमेगा ३ फ्याटी एसिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोगी हुन्छ ।

मस्तिष्कको लागि

प्रकृतिमा केहि यस्ता चिज हुन्छन्, जसको आकर, रंग र सुगन्धमा त्यसमा रहेको गुण लुकेको हुन्छ । जस्तो कि ओखरको सेप हाम्रो मस्तिष्क जस्तै हुन्छ । र, यसको सेवनले मस्तिष्कलाई स्वस्थ्य राख्छ । खासगरी विद्यार्थी बर्गले मस्तिष्क तेज, चुस्त राख्न, स्मरण शक्ति बढाउन नियमित रुपमा ओखर सेवन गर्न सक्छन् ।

ओखरमा केहि शक्तिशाली न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ, जस्तो कि, भिटामिन इ, ओमेगा थि्र फ्याटी एसिड, फोलेट, एन्टिअक्सिडेन्ट । यसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ।

मुटुलाई स्वस्थ्य

बिहान र मध्यन्ह दुई वटा ओखर चपाएर खानुपर्छ, जसले कोलोस्ट्रोर नियन्त्रण गर्छ । हृदय रोग लाग्नबाट बचाउँछ ।

ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन, फलत ओभर इटिङबाट बचाउँछ । तौल नियन्त्रणका लागि पनि ओखर सहि हुन्छ ।

नियमित रुपले दुई वटा ओखर महसँग मिसाएर सेवन गर्नाले मस्तिष्क स्वस्थ्य हुन्छ । साथै स्मृति क्षमता पनि बढ्छ । स्ट्रोकको भयबाट बचाउँछ ।

दुई वटा ओखर, एउटा बदाम बिहान-बेलुकी मनतातो दुधसँग सेवन गर्दा कमजोरी हट्छ ।

महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनुपर्छ, ठीक हुन्छ ।

रुँघा खोकीको उपचारमा समेत ओखर उपयोगी हुन्छ । ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ ।

ओखरको बोक्रा पिसेर त्यसले दाँत सफा गर्नुपर्छ, दाँत स्वस्थ्य र चम्किलो हुन्छ ।

तातो दुधसँग ओखर सेवन गर्दा पेटको जुका मर्छ ।

मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई समेत ठीक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१