लिपिस्टिक लगाउँदा नगर्नुहोस् यी गल्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०८०, आईतवार ०६:४७

काठमाडौं । सुन्दर देखिने चाहना हरेक व्यक्तिको हुन्छ । त्यसमा पनि युवती र किशोरीहरु सौन्दर्य निखार्ने मामिला अगाडि नै देखिन्छन् । सुन्दरतामा निखार ल्याउन मेकअपको भूमिका निकै महत्वपूर्ण हुन्छ । त्यसमा पनि नछुट्ने सौन्दर्य प्रसाधन हो लिपिस्टिक ।

लिपिस्टिकले ओठलाई सुन्दर बनाउनुका साथै आकर्षक लुक दिन मद्दत गर्छ । लिपिस्टिकको सही प्रयोग गरेमा मात्रै अनुहारको चमक देख्न सकिन्छ । तर लिपिस्टिक लगाउँदा ध्यान नदिए अनुहारको चमक नै बिग्रिन्छ । त्यसैले लिपिस्टिक लगाउँदा केही कुरामा भने पक्कै ध्यान दिनुपर्छ ।

फुटेको र सुख्खा ओठ

धेरैले ओठमा नहेरी सिधै लिपिस्टिक लगाउँछन् । यदि ओठ सुख्खा वा फुटेको छ भने लिपिस्टिक लगाएपछि चर्किएको देखिन्छ । त्यसैले आफ्नो ओठमा लिपिस्टिक लगाउँदा त्यसअघि स्क्रब गर्नुपर्छ । यसका लागि चिनीमा मह मिसाएर ओठमा मसाज गर्न सकिन्छ । यसले ओठमा बसेको मृत कोषिकालाई स्वतः हटाउँछ ।

मोइस्चराइजर लगाउने

लिपिस्टिक जतिसुकै राम्रो किन नहोस्, यसलाई लगाउनुअघि ओठमा मोइस्चराइजर लगाउनुपर्छ । मोइस्चराइजर लगाउनाले ओठको नरमपन कायम रहन्छ । जसले लिपिस्टिक लगाएपछि ओठ सुन्दर देखिन्छ ।

सही रूपरेखा

लिपिस्टिक लगाउनुअघि लिप लाइनरको साथै ओठको रूपरेखा बनाउन धेरै महत्त्वपूर्ण छ । यदि ओठ पातलो छ भने यो जुक्ति बिर्सनु हुँदैन । पातलो ओठ भएका महिलाले ओठबाहिर अलिकति लिप लाइनर लगाएर आउटलाइन बनाउनुपर्छ । यदि ओठ अलि ठूलो छ भने लिप लाइनरलाई अलिकति भित्रतिरबाट लगाउनुपर्छ ।

एकभन्दा बढी कोट लगाउने

महिलाले ओठमा एउटै कोट मात्र लिपस्टिक लगाउने गरेको देखिन्छ । यस्तो गर्नु राम्रो हुँदैन । ओठमा लामो समयसम्म लिपिस्टिक राख्न दुई–तीन कोट लगाउनुपर्छ । सबैभन्दा पहिले लिपिस्टिकको पहिलो कोट लगाउनुपर्छ । त्यसपछि यसको माथि पाउडर लगाउने र त्यसपछि दोस्रो कोट लगाउनुपर्छ । यसरी लिपस्टिक लगाउनाले यो लामो समयसम्म टिक्छ ।

लिक्विड लिपिस्टिक लगाउँदा हतार नगर्ने

मेकअप गर्दा लिक्विड लिपिस्टिक लगाउन अलि बढी समय लाग्छ । यसका लागि तपाईंले आउटलाइन गरिसकेपछि फिनिसिङ पनि गर्नुपर्छ । त्यसैले लिक्विड लिपिस्टिक लगाउँदा हतार गर्नुहुँदैन । त्यस्तो लिपिस्टिकको लागि एक कोट मात्र पर्याप्त छ । एकै समयमा पटक–पटक लिपिस्टिक लगाउनाले ओठको बनावट बिगार्न सक्छ ।

फाउन्डेसन वा कन्सिलर प्रयोग गर्ने

हाम्रो ओठको रङ फरक हुन्छ । त्यसैले जुन रङको लिपिस्टिक किनेको हो, त्यही रङ ओठमा पनि देख्न सकोस् भन्ने चाहनुहुन्छ भने लिपिस्टिक लगाउनुअघि ओठमा केही फाउन्डेसन वा कन्सिलर लगाउनुपर्छ । यसबाट तपाईंको लिपिस्टिकको रंग चाहेअनुसार वास्तविक देखिनेछ ।

टिस्यु पेपरको प्रयोग

लिपिस्टिकको अन्तिम कोट लगाएपछि यदि गाढा देखिएमा चिन्ता गर्नु पर्दैन । त्यसको लागि टिस्यु पेपरको सहायताले माथिको तह हटाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१