ओलीको निर्देशन, ‘सरकारका नीति तथा कार्यक्रमको विरोध गर्नु’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०८०, आईतवार ०६:१३

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम समर्थनयोग्य नभएको टिप्पणी गरेका छन् । शनिबार संघीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रम समर्थनयोग्य नरहेको भन्दै पार्टीका सांसदहरुलाई विरोध गर्न भनेका छन् ।

‘यसले कुनै मार्गदर्शन गर्दैन । यो स्विकारयुक्त छैन । समर्थन योग्य छैन । विरोध योग्य छ । यस्ता फाल्तु कार्यक्रम नीतिका नाममा दस्तावेज पेश हुनु दुःखद् कुरा हो । यसर्थ, यसलाई पास गर्न हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिसन त्यही हो,’– उनले भने ।

साथै, उनले आफ्ना सांसदहरु संसदमा नुन खाएको कुखुराझैं भएको टिप्पणी गरे । उनले संसद्मा जोस र जाँगरका साथ उपस्थित हुनसमेत सांसदहरुलाई आग्रह गरे ।

‘संसद्‍मा हाम्रो उपस्थिति लुलो– लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो। एमाले किन ओइलाए ओइलाए जस्तो, नुन खाएको कुखुरा जस्तो, अलि तेजतर्रार नभएको जस्तो,’– उनले भने ।

ओलीले सरकारको नीति तथा कार्यक्रमले पञ्च वर्षीय योजनालाई सम्बोधन गर्न नसकेकोसमेत बताए । उनले सरकारको नीति तथा कार्यक्रम केवल नजान्ने विद्यार्थीले चिट चोरेजस्तो भएको टिप्पणी गरे ।

‘दीगो विकासका लक्ष्य भन्छौं हामी, त्यो गन्तव्य हो । गन्तव्यहरुमध्ये कुन–कुन गन्तव्य पूरा गर्ने सन्दर्भमा यस वर्षमा के–के काम गर्ने ? यस नीति कार्यक्रममा आउनुपर्छ । संविधान कार्यान्वयनको सन्दर्भमा के गर्ने ? अर्को पञ्च वर्षीय योजनाको अन्तिम वर्ष छ, यस वर्ष कहाँ हामीले तार्गेट मिट गर्नेवाला छौं ? पञ्च वर्षीय योजनाको कि कुनै पनि मिट हुँदैन ?’ प्रश्न गर्दै उनले भने ‘त्यतातिर ध्यानै गएको छैन । हामी अर्को पञ्च वर्षीय योजनामा कसरी प्रवेश गर्छौं ? त्यसका निम्ति हाम्रो तयारी के हो रु ती कुराहरु आउनुपर्ने हो । यस कोणबाट हेर्दाखेरि यो नजान्ने विद्यार्थीले चिट चोरेजस्तो छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१