संसद्मा उठेको यी दुई प्रश्न- जसको उत्तर प्रधानमन्त्रीले दिएनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०८०, शुक्रबार ०६:१३

काठमाडौं । संघीय संसदअन्तर्गको प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम सञ्चालन भयो ।

प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग १५ सांसदले प्रश्न राख्न सक्ने व्यवस्थालाई एकदिनको लागि नियमावली निलम्बन गरेरै भएपनि २० सांसदले प्रश्न सोध्न सक्ने व्यवस्था गरिएको थियो ।

साना दलका सांसदले प्रश्न सोध्न सक्नेगरी नियमावली निलम्बन गरेरै सुरू गरिएको कार्यक्रममा प्रधानमन्त्रीले दुई सांसदको प्रश्नमा कुनै उत्तर दिन आवश्यक ठानेनन् ।

यसरी उत्तर नपाउने सांसदहरु हुन स्वतन्त्र सांसदद्धय डा.अमरेशकुमार सिंह र योगेन्द्र मण्डल ।

सिंह र मण्डलले केही प्रश्नहरु प्रधानमन्त्रीलाई राखेका थिए । जसमा सांसदद्धयको एक -एक प्रश्नले भने उत्तर पाउन सकेन ।

उत्तर नपाउने यी हुन दुई प्रश्न

स्वतन्त्र सांसद सिंहले राखेको ललितपुरमा रहेको युलेन्स स्कुललाई कर छुट दिएको विषयमा सोधेको प्रश्नले कुनै उत्तर पाउन सकेन् ।

सिंहले सोधेका थिए “एउटा कागजात बाहिरिएको छ । जसमा नेपालको सबैभन्दा महँगो ललितपुरको युलेन्स स्कुललाई आयकर छुट दिइएको छ । गरिबका छोराछोरी छात्रवृत्तिमा पढ्ने बूढानीलकण्ठ स्कुललाई आयकर लगाइएको छ,” अमरेशले सोधेका छन्, “प्रधानमन्त्रीज्यू, यस्तो तन्त्र कहिलेसम्म रहन्छ ?”उक्त प्रश्नपछि जवाफ दिन सुरू गरेका प्रधानमन्त्री प्रचण्डले अमरेशले राखेका भ्रष्टचार,शरणार्थी प्रकरण लगायतका विषयमा टालटुले जवाफ दिएपनि उक्त विषय भने उठाननै गरेनन् ।
युलेन्स स्कुलकी अध्यक्ष कांग्रेस नेतृ आरजु राणा देउवा रहेकी छन् ।

आरजु अध्यक्ष रहेकै कारण उक्त प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएको हुनसक्ने अड्कल भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले बेवास्था गरेको अर्को प्रश्न खेलकुदसँग सम्बन्धित रहेको छ । जुन प्रश्न स्वतन्त्र सांसद योगेन्द्र मण्डलले राखेका थिए ।

मण्डलले सोधेका थिए‘अन्तर्राष्ट्रिय खेलाडीहरूलाई रकम दिने आर्थिक सहयोग दिने घोषणा गर्ने तर नपाएको भन्ने आएको छ, केहो?’

तर उक्त प्रश्न प्रधानमन्त्रीको नजरमै परेन् । संसदमा रापिलो देखिएको भुटानी शरणार्थी प्रकरण र भ्रष्टचारका फाइल खोल्ने उद्धघोष गरेका प्रचण्डले देशको नाम अन्तराष्ट्रिय निकायमा चिनाउन सफल खेलाडि हरुलाई परेको गुनासो सुनुवाइ गर्नुपर्छ भन्नेतर्फ त्यतिधेरै ध्यान नदिएको हो की भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१