चोलेन्द्र शमसेरविरुद्धको रिट हेर्दाहेर्दैमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०८०, बिहीबार ०५:२५

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको महाअभियोग निष्क्रिय बनाउने संसद सचिवालयका महासचिव भरतराज गौतमको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा परेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले आज सुनुवाइ गर्दै अर्को पेसी जेठ ३१ गतेलाई तोकेको छ ।

२०७८को फागुन १ मा महाअभियोग दर्ताभएपछि निलम्बनमा परेका जबरा गत कार्तिकमा संसद सचिवालयबाट महाअभियोग निष्क्रिय भएको चिठी पाएपछि सर्वोच्च फर्कने प्रयासमा थिए तर उक्त प्रयास सफल भने हुन सकेन् ।

राणाको महाअभियोग निष्क्रिय भएको निर्णय गर्ने महासचिव भरतराज गौतमको निर्णयविरुद्ध मंसिर २१ गतेपूर्णमान शाक्यसहितका वरिष्ठ अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका थिए ।

निलम्बन रहेकै अवस्थामा जबराले अनिर्वाय अवकास पाइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१