दुई पूर्वमन्त्रीसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०८०, बिहीबार ०५:२०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।

जिल्ला अदालत काठमाडौंले आज उनीहरुको अनुसन्धानका लागि तीन दिनको म्याद थपेको हो । संगठित अपराधमा पक्राउ परेको ६० दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । उक्त प्रकरणमा तीन अभियुक्त पक्राउ परेको आज ५४ दिन वितिसकेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् भने दुई जना अझै फरार छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१