दुई साताका लागि मेलम्चीको पानी वितरण बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८०, सोमबार १२:३४

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दुई साताका लागि मेलम्चीको पानी वितरण बन्द गरिएको छ ।आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो ।

आयोजनाको गेट नम्बर- ९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिएको हाे । मर्मतसम्भार पश्चात सामान्य बाढी आएका बेलामा पनि आयोजना सञ्चालनमै राख्न सकिने छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१