टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८०, सोमबार १०:३१

काठमाडौं १ जेठ  । नेकपा (एमाले)का सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुर एमाले कार्यकर्ताको घरमा लुकेर बसेका िथए उनलाइ आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । पक्राउ परे लगत्तै मेडिकल जाँच गरी उनलाई लैनचौरस्थित प्रहरी हिरासतमा लगिएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।

अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ ।

यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत उच्चपदस्थ व्यक्तिहरू पक्राउ परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१