माओवादीले परिकल्पना गरेको उत्पादन ब्रिगेड बारे पार्टी भित्र बहस शुरु

evccfn@gmail.com' rastriyakhabar
३० बैशाख २०८०, शनिबार २१:२५

काठमाडौं । समाजवाद उन्मुख राज्यब्यवस्थाको परिकल्पना लाई सार्थक बनाउन आम नेता कार्यकर्ता लाई उत्पादनमा जोड्नुपर्ने भन्दै माओवादी केन्द्रले उद्धमशिलताको बिकास तथा उत्पादन सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ ।

सम्पर्क समन्वय प्रदेश समिति अन्तर्गतको उत्पादन तथा योजना बिभाग को आयोजनामा कार्यक्रम को आयोजना गरिएको हो । कार्यक्रम माओवादी केन्द्र का उपाध्यक्ष अग्निप्रसाद सापकोटा को प्रमुख आतिथ्य ,माओवादी केन्द्रका उपाध्यक्ष पंफा भुषाल ,माओवादी केन्द्र का महासचिव देब गुरुङ , पार्टी सचिव देवेन्द्र पौडेल, गणेश साह सम्पर्क समन्वय प्रदेश समितिका ईन्चार्ज,पार्टी सचिब डिलाराम आचार्य , सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी (बिबेक) ,सम्पर्क समन्वय प्रदेश समितिका पदाधिकारीहरु , केन्द्रीय सदस्य हरु , प्रदेश समितिका पदाधिकारी तथा सदस्य हरु ,जिल्ला का ईन्चार्ज ,अध्यक्ष तथा सचिबहरु लगायत सम्पर्क समन्वय समिती अन्तरगतका विभिन्न बिभाग का सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मा बोल्ने अधिकंश बक्ताहरुले सामुहिक उत्पादन मा समुदाय को लगानी र सहभागिता ले मात्र समाजवाद उन्मुख राज्य ब्यबस्थाको माग गर्ने हुँदा माओवादी ले पनि जनसहभागिता मा आधारित उत्पादन र बजारीकरण को नितिमा योजना बनाएर लगानी तथा कार्यन्वयन को पहल गर्नु आजको आकस्यकता रहेको बताएका छन् ।

माओवादी ले आफ्नो महाधिवेशन मा घोषणा गरेको उत्पादन को लागि उत्पादन बृगेड सम्बन्धि अवधारणा लाई कार्यन्वयन मा ल्याएर सामाजिक रूपमा उत्पादनआन्दोलन को बिकास गर्दै समाजवादी मुलुक स्थापना गर्न वातावरण बनेको बक्ताहरुले बताएका छन् ।

विश्व मा मुल रुपमा पाईने १८ प्रकारका हावापानी मध्य नेपालमा १६ प्रकार का हावापानी पाईने भएकोले यो सामरिक भुगोल भएको बक्ताहरुले जिकिर गरेका छन् । कृषि लाई आधुनिकीकरण गर्न राज्यकै पहलमा बृहत कृषि योजना र कृषि प्लट बनाएर उत्पादन मा लाग्ने र शिक्षा क्षेत्रलाई मुनाफा बितरण गर्न नपाउने प्रतिष्ठान को मोडल मा लैजाने हो भने नेपाल लाई संबृद्ध बनाउन सकिने धारणा बक्ता हरुको रहेक थियो । कार्यक्रम मा बोल्ने बक्ताहरुले अबको बहस बैज्ञानिक पुँजिबाद को हुनु पर्ने बताएका छन् ।

नेपालको साँस्कृतिक र प्राकृतिक श्रोत लाई उत्पादनमा रुपान्तरण गर्न सके नेपाल छिट्टै बिकास हुने उनिहरुको तर्क रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१