तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०८०, मंगलवार ११:००

काठमाडौं २६ वैशाख । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरू भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सहभागिता रहेको छ । बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीको बोलावटमा नेताहरूबीच छलफल भएको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिएका छन ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा कुराकानी हुने छ।त्यस्तै, राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयकको बारेमा पनि तीन नेताबीच छलफल हुने भएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१