कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०८०, मंगलवार १०:४७

काठमाडौं २६ वैशाख । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । परीक्षाका लागि देशभर एक हजार ४५७ परक्षा केन्द्र निर्धारण गरिएको छ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को वार्षिक परीक्षाका लागि सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी कुल ५० हजार जनशक्ति परिचालन भएका छन् ।य स वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१