ढाकाकुमार श्रेष्ठले सांसदमा पुनर्वहाली गर्न माग गर्दै दायर गरेकाे रिटमा आज सुनुवाइ हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०८०, सोमबार ११:३७

काठमाडौं २५ वैशाख ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भन्दै निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । । श्रेष्ठले दायर रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुने भएको छ । ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका छन्। मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

सर्वोच्चले जारी गरेको कजलिस्टमा ढाकाकुमारले दायर गरेको मुद्दा श्रेष्ठको एकल इजलासमा परेको हो । श्रेष्ठले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्ष बनाउँदै रिट दाय गरेका हुन् ।

मन्त्री हुनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१