नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार नझुकाेस :माधव कुमार नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८०, आईतवार १३:२९

काठमाडौँ २४ वैशाख । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्‍त कुराकानी गर्दै उनले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए।

उनले सरकार कसैको दबाबमा पर्न नहुने पनि बताए ।

उनले प्रधानमन्त्री दाहाललाई यो प्रकरणमा दोषीलाई कारबाही गर्न खुट्टा दह्रोसँग टेक्न पनि सुझाव दिए ।यो प्रकरणमा अरु नेताहरु पनि तानिनसक्ने सम्भावनाबारे पत्रकारको जिज्ञासामा नेपालले यस्ता कुराबाट आफू नडराउने बताए ।उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरूलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१