सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८०, आईतवार १३:०१

काठमाडौँ२४वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ ।शुक्रबार संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै उडान स्थगित गरेको हो ।सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडान रोकिएको हो ।

सिम्रिकका अन्य हेलिकप्टरहरूको विस्तृत निरीक्षण गर्नुका साथै सडान सञ्चालन, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाइएको क्यानले जनाएको छ ।

उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्डहरु पालना गरेर नगरेको बारे प्राधिकरणले अनुसन्धान थालेको छ ।

शुक्रबार दिउासो अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिक एयर नाइन एन( एजेजेट हेलिकप्टर भोटखोला(४ सिप्रुङमा दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित ५ जना सवार उक्त हेलिकप्टरमा तीनजना घाइते भएकोमा एक यात्रुको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१