१२ सय रुपैयाँले घट्यो सुनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८०, आईतवार १२:३३

काठमाडौँ २४ वैशाख। नेपाली बजारमा एकैदिन १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। महासंघले आजको मूल्य तय गर्दै शुक्रबारको तुलनामा १२ सय रुपैयाँ प्रतितोलाले मूल्य घटेको जानकारी दिएको हो ।गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावि सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१