सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाकाे सुनुवाइ आज पनि स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८०, आईतवार १२:१३

काठमाडौँ २४ वैशाख। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा आइतबार स्थगितको सूचीमा परेको छ । जाहेरीकर्ताको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि अर्को निवेदन आएपछि मुद्दाको पेशी स्थगित गरिएको हो ।

हालसम्म २२ पटक पेशीमा चढेको उक्त मुद्दा ८ पटक स्थगितको सूचीमा परेको छ भने १४ पटक विभिन्न आदेश भएको छ । सर्वोच्चको दैनिक कार्यसूची अनुसार सन्दीपको मुद्दा आज न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ । यसप्रति सन्दीपका वकिलले असन्तुष्टि जनाएका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१