टोपबहादुरलक्षित प्रचण्डको टिप्पणी, ‘प्रचण्डको हालत हेर त ! भनेको सम्झिनु भएको छ तपाईंहरुले?’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८०, आईतवार ०६:०७

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव तथा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझीलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि प्रतिगामीको विरुद्ध लड्दा आफूलाई प्रचण्डको हालत हेर त! भनेको सम्झिनु भा’छ तपाईंहरुले भन्दै स्मरण गराएका छन्।

शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा सम्झाएका हुन्।

‘त्यति बेला मोर्चा खोल्दा मानिसहरुलाई बढो अनौठौ लागेको थियो। म लगायत केही नेता साथीहरु माइतीघर मण्डलाको बिच बाटोमा पलेटी कसेर बसेका थियौं। धेरै थिएनौं हामी। सय डेढसय पनि जुटाउन हामीलाई गाह्रो परेको थियो,’ उनले भने, ‘त्यतिबेलामा सरकारमा हुनेहरुले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मध्येकाहरुले बढो व्यङ्ग कसेर हरे प्रचण्डको हालत हेर त ! त्यो चिसो बाटोमा बिहान बिहान बस्या’छ। प्रचण्डको हालत त यस्तोमा पुग्यो भन्थे तिनीहरुले। सम्झिनु भा’छ तपाईंहरुले?’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१