ओलीले टोपबहादुरको बारेमा चासो राखेको प्रचण्डको खुलासा, कसैको दबाबमा नपर्ने भनाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८०, आईतवार ०५:३८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टोपबहादुर रायमाझीको बारेमा चासो राखेको बताएका छन् । तर, आफू कसैको दबाबमा नपर्ने उनको भनाई छ । सिंहदरबारमा ओलीसँगको भेटवार्तापछि बाहिरिने क्रममा उनले यस्तो टिप्पणी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव रायमाझी पनि मुछिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर, रायमाझी भने अहिलेसम्म फरार छन् । रायमाझीको बारेमा ओलीले प्रधानमन्त्री दाहालसँग आज र अस्तिसमेत गरी दुई पटक भेटेर चासो राखेका छन् ।

यता, प्रधानमन्त्री दाहालले भने उक्त प्रकरणमा सरकार प्रक्रिया र कानूनअनुसार नै अघि बढ्ने र कसैको पनि दबाबमा नपर्ने टिप्पणी गरेका छन् । उनले भने,‘सरकार प्रक्रिया, पद्दति र ऐनअनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन् र निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट गइन्छ ।’ ओलीसँगको भेटबारे प्रकाश पार्दै उनले थपे,‘अस्ति पनि उहाँको कन्सर्न थियो । तर आफ्नो नेता बचाउ भनेर प्रधानमन्त्रीसँग भन्न सक्ने कुरा भएन । म दबाबमा पर्दिनँ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१