ग्रीन सोसाइटी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न :अध्यक्षमा प्रल्हाद लामिछाने चयन

evccfn@gmail.com' rastriyakhabar
२३ बैशाख २०८०, शनिबार २२:४४

काठमाडौं । ग्रीन सोसाइटी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तदर्थ सञ्चालक समितिका अध्यक्ष प्रल्हाद लामिछानेको अध्यक्षता तथा तारकेश्वर नगरपालिकाका नगरप्रमुखको प्रमुख आतिथ्यतामा हाम्रो भ्याली भ्यू बेम्बो कटेजमा एक औपचारिक कार्यक्रम सञ्चालन गरि सम्पन्न भएको छ ।
सो कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी तथा तारकेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष नगर प्रवक्ता राधाकृष्ण खड्गीको उपस्थिति रहेको थियो ।
आजको प्रारम्भिक साधारणसभाले प्रल्हाद लामिछानेको अध्यक्षतामा तपशिलमा उल्लेखित ११ सदस्य मूल सञ्चालक समिति चयन गरेको छ ।
जसमा
अध्यक्ष — प्रल्हाद लामिछाने
उपाध्यक्ष — राजाराम लामिछाने
सचिव —श्रीराम फुयाँल
कोषाध्यक्ष — लक्ष्मी लामिछाने
सदस्य — मनोज अधिकारी
सदस्य — अञ्जु रुपाखेती ढकाल
सदस्य — सीता लामिछाने
सदस्य — मनिसा ढुंगाना
सदस्य — कुमार खड्गी
सदस्य — बच्चुराम लामिछाने
सदस्य —रामचन्द्र अधिकारी रहेका छन् ।
साथै हरिहर लामिछाने संयोजक रहने गरि ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन भएको छ ।
जसमा
संयोजक — हरिहर लामिछाने
सदस्य — विनोद अधिकारी
सदस्य — विदुर अधिकारी रहेका छन् ।
कार्यक्रम सभ्य र भव्य ढंगले सञ्चालन गर्न आ आफ्नो ठाउँबाट भूमिका सबैमा आयोजकको तर्फबाट आभार प्रकट गरिएको छ ।
निर्वाचन समितिमा रहि सहयोग गर्ने निर्वाचन उपसमिति संयोजक भक्तराम लामिछाने र सदस्यहरु सीताराम ढकाल र सुमेश तिमल्सिना समेतलाई आयोजकको तर्फबाट विशेष धन्यवाद दिईएको छ ।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान गरि नयाँ पुस्तालाइ जेष्ठ नागरिकप्रति सम्मान सद्भाव देखाइ असल संस्कारको विकास गर्ने अभिप्रायका साथ सहकारीका जेष्ठ सदस्य रामकृष्ण खड्गी ज्यूलाई प्रमुख अतिथिबाट दोसल्ला ओढाइ सम्मान समेत गरियो ।
आमन्त्रणलाइ स्वीकार गरि कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथि र शेयरसदस्य हरुलाई आयोजकको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१