आज यस वर्षको पहिलो चन्द्रग्रहण लाग्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८०, शुक्रबार १३:२८

काठमाडौँ २२ बैशाख। आज यस वर्षको पहिलो चन्द्रग्रहण लाग्दै छ । आज बेलुकी (पेनम्ब्रल)  चन्द्रग्रहण लाग्ने भएको छ । आज अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन ।
(पेनम्ब्रल) चन्द्रग्रहण राति ८ः५९ बजे सुरु भई ११ः०७ बजे मध्य हुन्छ । राति १ः१६ बजे ग्रहण सकिने जनाइएको छ ।
चन्द्रग्रहण तीन प्रकारका हुन्छन्( पूर्ण, आंशिक र पेनम्ब्रल) । आजको चन्द्रग्रहण (पेनम्ब्रल) हो । पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसलाई अंग्रेजीमा (पेनम्ब्रल) भनिन्छ ।वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्बन्धी धार्मिक एवं सांस्कृतिक मान्यता लागू नहुने उनले बताए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१