नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८०, शुक्रबार १२:३०

काठमाडौँ २२ बैशाख। नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना प्रहरीको हिरासतमा छन् । काठमाडौं जिल्ला अदालतले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार छन् ।
आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१