‘संवेदनशील विषय भएकोले छानबिनमा सघाउँछु’- बादल पुत्र प्रतिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८०, बिहीबार १२:४०

काठमाडौँ २१ बैशाख ।पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । प्रतिकले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गरेका छन् । तर, संवेदनशील विषय भएकोले छानबिनमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
उनले केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ आफू विरुद्ध तथ्यहीन प्रचार गरिरहेका आरोप समेत गलाएका छन् । थापाले गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् । त्यसबाहेकका कुनै काम नगरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१