टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइयाे,आजै अदालतमा उपस्थित गराइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८०, बिहीबार ११:३०

काठमाडौँ २१ बैशाख  । पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ । छोरा सन्दीप पक्राउ परे लगत्तै उनका बुबा टोपबहादुरलाई पनि प्रहरीले काठमाडौं आउँदै गरेका अवस्थामा भैरहवाबाट नियन्त्रणमा लिएको छ । उनलाई पनि काठमाडौं ल्याइँदै छ।

नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधबार पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याइएको हो । बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याउने र अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गर्ने प्रहरी स्रोतले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम पक्राउ परिरहेका छन् । हिजो सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ । उनीहरुले दिएको बयानका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर उनीहरु फरार छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१