रास्वपा सरकारमा सहभागी हुने सम्भावना टर्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८०, बिहीबार ०५:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवौं पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने सम्भावना टरेको छ ।

प्रधानमन्त्री प्रचण्डले आज नेपाली कांग्रेसको तर्फबाट तीन जना मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीमा कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका छन् ।

रास्वपाले सरकारमा सहभागी हुनका लागि एक राज्यमन्त्रीसहित चार मन्त्रालय माग गरिराखेको भएपनि अब प्रचण्डसँग २ वटा मन्त्रालय रहेको छ । खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमात्रै अहिले खाली रहेको मन्त्रालय हुन् ।

रास्वपाले गृह मन्त्राल, श्रम, शिक्षा र एक राज्यमन्त्रीमा आफ्नो दाबी गर्दै आएपनि सबै मन्त्रालयमा प्रचण्डले मन्त्री नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१