टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८०, बिहीबार ०५:३८

काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि सन्दीपलाई प्रहरीले बुधबार साँझ बुटवलबाट पक्रउा गरेको हो । उनलाई आज  काठमाडौं ल्याईने प्रहरी स्रोतले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि काठमाडौं प्रहरी परिसरले आजमात्रै जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

टोपबहादुर भने  गृहजिल्ला अर्घाखाँची थिए । उनले भने आफूलाई पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । र, यो प्रकरणमा आफ्नै कुनै संलग्नता नभएको उनको दाबी छ ।

यही प्रकरणमा प्रहरीले  पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई पक्राउ गरेको छ । हिजो मात्रै पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । यो प्रकरणमा गत १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परिसकेका छन् । प्रहरीले बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१