१ लाख घुससहित काठमाडौँको गोकर्णेश्वरबाट तीनजना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०८०, बुधबार २०:२८

काठमाडौँ । १ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले राजधानीको गोकर्णेश्वरबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो संचालक सुसान्त कुइकेल रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित सो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिन घूस मागेको उजुरी परेको थियो ।
उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुइकेल र सुसान्त कुइकेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । यस्तै उनीहरुको साथबाट ३० हजार रुपैयाँको चेक बरामद गरेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१