प्रधानमन्त्री ‘प्रचण्ड’लाइ माधव नेपालकाे चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०८०, बुधबार ११:२५

काठमाडौं २० वैशाख ।नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् ।सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको बताएका हुन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताको दम्भ देखाउन थालेको बताएका हुन् ।प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर चुनावी गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनको टिप्पणी थियो ।

खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए ।

‘माओवादी पार्टीको व्यहारबाट हाम्रा साथीहरु धेरै दुःखित् हुनुहुन्छ । दम्भ र घमण्डले रावण जन्मायो । अर्को रावण जन्माउने काम नगर्नुस्,’– प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१