विदेशीले लगाए भाइटिका (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७१, सोमबार ०७:३३

काठमाडौँ,१० कार्तिक । संस्कृति र परम्पराका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ  भाइटिकामा विभिन्न देशका १०  पर्यटकले सहभागिता जनाएका छन् ।67198_778419632219092_496007706411175162_n 10177895_778420852218970_2762152989268276217_n 10339781_778418782219177_667259185167611659_n 10354995_778422185552170_6858013542890940776_n 10420058_778419718885750_4905377562854934478_n 10422543_778419848885737_4638216904325948354_n 10517532_778421795552209_7352163181005995177_n

सहभागिमा इजरायल राजदुत ,रसियन राजदुत लगायतका देशका महिला तथा पुरुष पर्यटकले भाग लिएका थिए । कोटेश्वर स्थित शिब अधिकारीको घरमा  कार्यक्रम आयोजना गरिएको थियो । नेपाली चेलीले पर्यटकलाई भाइटिका लगाइदिएका थिए ।

 

रसियन राजदुतले  भाइटिका महोत्सवमा टिका ग्रहण गर्न पाउँदा आफूलाई नौलो अनुभुति भएको प्रतिक्रिया दिनुभयो । रंगीविरंगी टिका, मानिसहरुको सौहार्दपूर्ण व्यवहार र देउसी भैलो खेल्ने परम्पराबाट म साँच्चै नै प्रभावित भएँ,  पहिला आउँदा पनि मलाई भाइटिका बारे केही थाह थियो तर यो पटक सहभागी भएर टिका नै लगाउन पाउँदा रमाइलो लाग्यो, उहाँले भन्नुभयो । टिका लगाउने बेला तोरीको तेलमा डोवेको दुवो टाउकोमा घुमाएको, कलसमा पानी लिएर सहभागीलाई गोलाकार घेराले छेकेको अनि सयपत्री माला पहिरिएको अनुभव आफूले भुल्न नसक्ने उहाँले बताउनुभयो ।

देशविदेशमा नेपाली परम्परा र संस्कृतिको प्रचारप्रशार तथा यसैको माध्यमबाट बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्धेश्यका साथ आयोजना गरेको शिब अधिकारीले जानकारी दिनुभयो । आपसी भाइचार बढाउन समेत सघाउने यसप्रकारको महोत्सवलाई आगामी वर्षहरुमा पनि  निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । विदेशीहरुलाई टिका लगाइदिएपछि नेपाली परम्परा अनुसार सेलरोटी, तरकारी, अचार र अन्य उपहारहरु विदेशी दाजूभाइ तथा दिदी बहिनीलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१