रवि लामिछानेको गरे प्रधानमन्त्री दाहालपछि देउवासँग भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०८०, बुधबार ०६:१०

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक सक्रियता बढाएका छन् । उपनिर्वाचन जितेर सांसदको शपथ खाएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा उनीहरुबीच सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल चलाएको छ । तर, आफूहरुका माग पूरा हुने अवस्था भयो भने सरकारमा पनि सहभागिता जनाउन सकिने रास्वपा नेताहरुको दाबी छ । पुष १० गतेको सहमतिअनुसार नै प्रधानमन्त्री दाहाल चल्नुपर्ने सभापति लामिछानेको अडान छ ।

यस्तै, यसअघि पाएका गृहसहितका महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने लामिछानेको अर्को अडान छ । प्रधानमन्त्री दाहालले पनि रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । रास्वपाले अघि सारेको मागअनुसार नै साझा न्यूनतम कार्यक्रम पूनर्लेखन गर्न सकिने जवाफ प्रधानमन्त्री दाहालले दिएका छन् ।

रास्वपाले भने आउने शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे निर्णय लिने भनेको छ । तर, त्यसअघि सभापति लामिछानेले राजनीतिक सक्रियता बढाएका छन् । उनले आजमात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सो भेटवार्तामा सरकारमा सहभागिताको विषयमा छलफल भएको बताईएको छ । प्रधानमन्त्री दाहालले लामिछानेसँग भोलि फेरि छलफल गर्ने तयारी गरेका छन् । भोलि र पर्सीभित्रै एउटा निश्कर्षमा पुग्नेगरि प्रधानमन्त्री दाहालले गृहकार्य गरेका छन् । रास्वपाले साविककै मन्त्रालय पाए उपप्रधान एवम् गृहसहित लामिछानेले नै सरकारको नेतृत्व गर्नेछन् । लामिछानेले आज जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१