सुन र चाँदीको मूल्य घटयाे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०८०, मंगलवार १२:२१

काठमाडौँ १९ बैशाख । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। महासंघले आजको मूल्यसूची तय गर्दै लगातार दोस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा २०० रुपैयाँ घटेको छ। जसअनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार मात्रै १ लाख आठ हजार पाँच सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज १ लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूलय तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१