एसीसी प्रिमियर कपमा शानदार जित संगै नेपाल एसिया कपमा छनोट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०८०, मंगलवार १२:१२

वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध शानदार जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट भएको छ ।नेपालले युएई बिरुद्धको खेलमा ७ विकेटले जित निकालेको हो । एसिया कप सेप्टेम्बर १ देखि १४ सम्म पाकिस्तानमा हुँदैछ । नेपालले भारत र पाकिस्तान रहेको समूह ए बाट एसिया कप खेल्नेछ ।
सुरुवाती ब्याटिङ गरेको युएई ३३.१ ओभरमै अलआउट हुँदै ११७ रनमात्र बनाएको थियो । जवाफमा नेपालले ३ विकेटको क्षेतीमा ३०.३ ओभरको खेलमा युएईले दिएको लक्ष्य पुरा गर्न सफल भयो । नेपालको जितको लागि गुल्सन झाले ६७ रनको योगदान दिए भने भीम सार्कीले ३६ रनको योगदान दिए ।

त्रिवि क्रिकेट मैदानमा पहिले टस जितेर नेपालले फिल्डीङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले खराब प्रदर्शन गर्दै २७ .२ ओभरमा १०६ रन बनाएपछि पानी आएर रोकिएपछि बाँकी खेल पुनः आज खेलाइएको थियो । आज यूएईले नेपाललाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए । त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । आयन अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए । त्यसपछि भिम र गुलसनको पार्टनरसीपलाई युएईले तोड्न सकेन ।

यूएईलाई सामान्य लक्ष्यमा रोक्नेक्रममा नेपालका ललित राजवंशीले ४ विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले २.२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका थिए ।
आजको जितसंगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१